संघर्षदेखि सफलता– युवा सशक्तीकरणको अभियानमा दिपेन्द्र खड्का

everest kitchen

एनआरएनए एनएसडब्लु (NSW) २०२५–२०२७ | SYF सदस्य पदका उम्मेदवार

Casula, NSW | जुलाई ११“शब्द होइन, कर्ममार्फत परिवर्तन ल्याउने” प्रतिबद्धताका साथ, व्यवसायी तथा सामाजिक अभियन्ता दिपेन्द्र खड्काले आगामी एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ कार्यकालका लागि State Youth Forum (SYF) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

सिंगापुरमा पाँच वर्ष श्रम गरेर २०१६ मा अष्ट्रेलिया आएका खड्काको यात्रा बार क्लिनरदेखि व्यवसायिक नेतृत्वसम्मको कथा हो।

२०१८ मा उनले स्थापना गरेको सरस्वती इन्टरप्राइजेज आज अष्ट्रेलिया तथा न्यूजील्याण्डका लागि प्रमुख नेपाली खाद्य ब्रान्ड आपूर्तिकर्ता बन्न सफल भएको छ। “८४ कुजिन” जस्ता ब्रान्डहरू उनीहरूको वितरणमार्फत हजारौं नेपाली परिवारको स्वादमा नेपालीपन बोकेको छन्।

व्यवसायभन्दा पर– खेलकुदप्रति समर्पण

खड्काले भने, “खेलकुद मेरो जीवनको एक हिस्सा हो। जसरी व्यापारले आर्थिक उन्नति दिन्छ, खेलकुदले अनुशासन र आत्मबल विकास गर्छ। त्यसैले म युवाहरूलाई खेल र नेतृत्वमा जोड्न चाहन्छु।”

उम्मेदवारी किन?

“किनभने म प्रवासको त्यो प्रत्येक चरणबाट गुज्रिएको छु — संघर्ष, अनिश्चितता, पुनर्निर्माण र प्रगति।” – खड्का भन्छन्।
उनले आगामी कार्यकालमा निम्न पाँच क्षेत्रहरूमा योगदान दिने लक्ष्य राखेका छन्:

युवा उद्यमशीलता र सीप विकासमा मार्गदर्शन
विद्यार्थी र नयाँ आप्रवासीहरूलाई रोजगारी र नेटवर्क अवसर
खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूमा युवा संलग्नता
नेपाली ब्रान्डको अष्ट्रेलियन बजारमा पहिचान वृद्धि
राजनीतिक प्रदर्शनभन्दा व्यवहारिक सहयोगमा केन्द्रित नेतृत्व

किन Team EKATA?

“Team Ekata वाचा होइन, मान्छेहरूको समूह हो। जो सुन्छ, बुझ्छ र गर्छ। म यस समूहमा आफैंको प्रतिबिम्ब देख्छु।” – खड्काको स्पष्ट अभिव्यक्ति।

समुदायप्रति सन्देश

“म पदको पछि होइन, कामको लागि आएको हुँ।
गोडा लुकाएर होइन, हात मोल्दै सेवा गर्ने विश्वास राख्छु।
युवाहरूलाई विश्वास, मार्ग र अवसर दिन म यहाँ छु।
कन्फ्युजनलाई क्लारिटीमा, डरलाई आत्मविश्वासमा, र मौनतालाई अवसरमा बदल्ने अभियानमा तपाईं मेरो साथमा हुनुहोस्।”