बिपिन रावलद्वारा एनआरएनए तास्मानिया राज्य सह-सचिव पदमा उम्मेदवारी घोषणा

everest kitchen

होबर्ट, तास्मानिया – १२ जुलाई २०२५

नेपाली समुदायप्रति समर्पित सामाजिक अभियन्ता बिपिन रावलले आगामी NRNA अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि एनआरएनए तास्मानिया (NRNA-TAS) राज्य सह-सचिव (State Joint Secretary) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

रावलले सन् २०२३–२०२५ कार्यकालमा राज्य सदस्य (State Member)को रूपमा गरेको कामको अनुभवलाई आधार बनाएर, थप जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“समुदायको साथ, सहकार्य र विश्वासले परिवर्तन सम्भव छ” – बिपिन रावल

उम्मेदवारी घोषणा गर्दै उनले भने, “एनआरएनए जस्तो संस्थामा काम गर्नु केवल पदको कुरा होइन, यो साझा पहिचान, संस्कृतिको संरक्षण र समुदायको सेवामा लाग्ने अवसर हो। म तास्मानियामा रहेका नेपाली समुदायका आवाज, आवश्यकता र आकांक्षालाई समेटेर कार्य गर्न कटिबद्ध छु।”

उनले एनआरएनए तास्मानियाका हालसम्मका कार्यक्रमहरूको निरन्तरतासँगै, राज्यका विभिन्न क्षेत्रमा सक्रिय नेपाली संस्थासँग सहकार्य गर्दै सम्पूर्ण नेपाली समुदायको हितमा काम गर्ने योजना प्रस्तुत गरेका छन्।

रावलले प्रस्तुत गरेका राष्ट्रिय प्रतिबद्धताहरू यस प्रकार छन्:

  • प्रवासी नेपालीको आर्थिक सहभागिता र लगानी प्रवर्द्धन

  • संघीय र राज्य अनुदान सुनिश्चित गर्दै प्रभावकारी उपयोग

  • समर्पित कार्यदलहरूमार्फत नीति निर्माण र कार्यान्वयन

  • बहुसांस्कृतिक पहलहरूको समर्थन र समावेशी कार्यक्रमहरू

  • एनआरएनए फाउण्डेसनमार्फत परोपकारी परियोजनाहरू सञ्चालन

  • दोस्रो पुस्ता शाखालाई संस्थागत रूपमा क्रियाशील बनाउने

  • उद्यमशीलता, स्टार्टअप, इन्क्युबेटर र लगानी सम्मेलनको आयोजना

  • नीतिगत वकालत र संवादमा सक्रिय सहभागिता

तास्मानिया राज्यमा केन्द्रित विशेष प्रतिबद्धता:

  • आपसी एकता, सहकार्य र समावेशिताको प्रवर्द्धन

  • नयाँ आप्रवासीहरूलाई सूचना, शिक्षा, रोजगार र कानुनी सहायता

  • युवा र महिलाको सशक्तिकरणमार्फत नेतृत्व विकास

  • विद्यार्थी तथा पेशागत व्यक्तिका लागि तालिम र अवसर

  • भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन

  • संस्थाभित्र पारदर्शिता र उत्तरदायित्व सुनिश्चित

  • स्थानीय निकायसँग सहकार्य गर्दै समुदायको समग्र हितमा काम

सकारात्मक निर्वाचनको लागि अपील

रावलले उम्मेदवारीमार्फत तास्मानियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई आह्वान गर्दै भने, “आउनुहोस्, हामी एक सकारात्मक, मर्यादित र योजनामा आधारित निर्वाचन प्रक्रिया अघि बढाऔं। प्रतिस्पर्धा विचारको होस्, सम्मानको साथ होस्।”