एनआरएनए एसीटीको युथ मेम्बर पदमा मञ्जु क्षेत्रीको उम्मेदवारी घोषणा

everest kitchen

क्यानबेरा, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (NRNA) ACT (अष्ट्रेलियन क्यापिटल टेरिटोरी) २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि मञ्जु क्षेत्रीले युथ मेम्बर पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

“समुदाय प्रतिको माया, युवापुस्ताको आवाजलाई अझ सशक्त बनाउने उद्देश्य, र सामाजिक सेवाप्रतिको समर्पण — यी सबैले मलाई यो कदम चाल्न प्रेरित गर्‍यो,” क्षेत्रीले भनिन्।

हाम्रो नेपाली समुदायमा सामाजिक गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएकी मञ्जुले अब यो सेवालाई औपचारिक र जिम्मेवारीपूर्ण रूपमा अगाडि बढाउने लक्ष्य लिएकी छन्।

उनले भनेकी छन्, “म तपाईंको प्रतिनिधि बन्न सक्छु, तपाईंको कुरा सुन्न सक्छु र तपाईंको पक्षमा काम गर्न सक्छु।”

समर्थनको अपिल

आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीप्रति आशावादी देखिएकी क्षेत्रीले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई साथ र समर्थन गर्न आग्रह गरेकी छन्।