दीपक आचार्यद्वारा एनआरएनए आयरल्याण्डको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा, “सेवा र समर्पण” लाई बनाउने मूल मन्त्र

everest kitchen

डब्लिन, आयरल्याण्ड — आगामी गैरआवासीय नेपाली संघ (NRNA) आयरल्याण्डको कार्यकाल (२०२५–२०२७) का लागि दीपक आचार्यले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले समुदायप्रति आफ्नो सेवा, समर्पण र उत्तरदायित्वपूर्ण नेतृत्वको प्रतिबद्धता प्रस्तुत गर्दै सबै नेपाली समुदायको साथ र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।

आयरल्याण्डमा सन् २०१३ देखि बसोबास गर्दै आएका आचार्यले भनेका छन्, “यहाँको नेपाली समुदायसँग हाँसी–खुसी, दुःख–सुख साटासाट गर्दै, आवश्यकता पर्दा अग्रसर भएर साथ दिने प्रयास गर्दै आएको छु। यही अनुभव र सहकार्यहरूले मलाई अझ जिम्मेवार र उत्तरदायी भूमिकातर्फ प्रेरित गरेका छन्।”

उनका मुख्य उद्देश्य र संकल्पहरू यसप्रकार छन्:

१. समावेशी एकता प्रवर्द्धन

जात, क्षेत्र वा पृष्ठभूमि हेर्ने होइन — सबै नेपाली एउटै छातामुनि उभिनुपर्ने विश्वासका साथ सम्पूर्ण समुदायलाई एकताबद्ध बनाउने

२. युवा पुस्तालाई नेपाली भाषा र संस्कृतिप्रति जोड्ने

नेपाली भाषा, पहिचान र संस्कृति बचाउनका लागि सांस्कृतिक कार्यक्रम, शिक्षा र संवादमार्फत जागरूकता बढाउने

३. सामाजिक कल्याण र व्यवहारिक सहयोगमा जोड

समय–समयमा मानसिक स्वास्थ्य, कानुनी सल्लाह, आपतकालीन सहयोग लगायत क्षेत्रहरूमा व्यवहारिक र संस्थागत सहायता संयन्त्र निर्माण गर्ने।

४. नेपाल–आयरल्याण्ड सम्बन्ध सुदृढ बनाउने सेतु

लगानी, पर्यटन, शिक्षा र सामाजिक सहकार्य जस्ता क्षेत्रमा अवसर सिर्जना गर्दै दुई देशबीचको सम्बन्ध मजबुत बनाउने।

५. हरेक नेपालीको आवाज बुलन्द बनाउने प्रतिबद्धता

देशको जुनसुकै कुनाबाट आएका भए पनि सबैको हितमा काम गर्ने जिम्मेवार नेतृत्व प्रदान गर्ने अठोट।

दीपक आचार्यको मूलमन्त्र:

  • सेवा, समर्पण र इमानदारी

  • संस्कृति, सहयोग र सामूहिक उन्नति

  • प्रतिनिधित्व, पारदर्शिता र उत्तरदायित्व

“म वाचा होइन, व्यवहारिक प्रतिबद्धता लिएर आएको हुँ। तपाईंहरूको सुझाव, साथ र समर्थन नै मेरो ऊर्जा र प्रेरणाको स्रोत हुनेछ,” भनी आचार्यले सबैमा आह्वान गरेका छन्।