भुवन तिमिल्सिना एनआरएनए अष्ट्रेलिया (ACT) राज्यको सदस्य पदका लागि उम्मेदवार

everest kitchen

क्यानबेरा, अष्ट्रेलिया – जुलाई १३, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (NCC) अन्तर्गत ACT राज्यको सदस्य पदका लागि भुवन तिमिल्सिनाले आगामी कार्यकाल २०२५–२०२७ का लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारीको घोषणा गर्दै तिमिल्सिनाले आफ्नो उमेदवारी कुनै पदको लालसा नभई समाजप्रतिको समर्पण र नेतृत्वप्रतिको प्रतिबद्धता भएको स्पष्ट पारे। उनले भने, “यो यात्राको प्रारम्भ नेतृत्वमा पारदर्शिता, जवाफदेहिता र समावेशी सोच स्थापित गर्ने दिशातर्फ हो।”

तिमिल्सिना लामो समयदेखि NRNA सम्बन्धित गतिविधिमा पर्दा पछाडि, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुँदै आएका छन्। अब भने उनी आफैं उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्।

उनको प्रमुख सन्देश यस्ता छन्:
✅ अनुभव छ
✅ स्पष्ट दृष्टिकोण छ
✅ दृढ इच्छाशक्ति छ

उनले बलियो नेतृत्वको खाँचो औंल्याउँदै भने, “नेतृत्व केवल भाषण होइन, कर्म हो। NRNA केवल संस्थागत संरचना होइन, यो त तपाईं र हामी मिलेर बनाएको समुदाय हो।”

उनी नयाँ सोच र ताजा दृष्टिकोण बोकेको टिमसँग अघि बढ्न चाहन्छन्। भोट दिने दिन जुलाई २६, २०२५ तोकिएको छ र उनले सबैलाई साथ र समर्थन गर्न आग्रह गरेका छन्।