एनआरएनए अष्ट्रेलिया राज्य युवा मञ्च सदस्य पदमा सुवास रिजालको उम्मेदवारी घोषणा

everest kitchen

न्यू साउथ वेल्स (NSW), अष्ट्रेलिया। एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको निर्वाचन नजिकिँदै गर्दा, राज्य युवा मञ्च सदस्य पदका लागि सुवास रिजालले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

“सशक्त नेपाली डायस्पोराका लागि सँगै” भन्ने नाराका साथ अगाडि बढेका रिजालले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली युवाहरूको आवाज, आकांक्षा र सरोकारलाई प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सन्देशमा उनले भनेका छन्: “म नेपाली समुदायमा सक्रिय सदस्यको हैसियतले, र पेशागत रुपमा विश्लेषक (Analyst) को रूपमा काम गर्दै आएको छु। समुदाय सेवा र युवा सशक्तीकरणमा मेरो गहिरो रुचि रहेकोले यस पदमा उम्मेदवारी दिएको हुँ।”

रिजालले आफ्नो उम्मेदवारी घोषणासँगै निर्वाचित भएमा निम्न कुराहरूमा प्राथमिकता दिने बताएका छन्:

  • युवाहरूबीच संवाद, नेतृत्व र समावेशी मंचहरूको प्रवर्द्धन

  • नेपाली संस्कृति संरक्षण तथा युवा र एनआरएनएबीच सहकार्य सुदृढ बनाउने

अन्त्यमा उनले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समर्थन र उत्साहजनक साथका लागि आह्वान गरेका छन्।