शिल्पा पोखरेल एनआरएनए पश्चिम अस्ट्रेलियाको ‘महिला संयोजक’ पदमा उम्मेदवार

everest kitchen

पर्थ, अस्ट्रेलिया — गैर-आवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचनका लागि शिल्पा पोखरेलले ‘महिला संयोजक’ पदमा उम्मेदवारी घोषणा गरेकी छिन्।

पहिलेको कार्यकालमा ‘उप-युवा संयोजक’ (Deputy Youth Coordinator) को जिम्मेवारी सम्हालिसकेकी पोखरेलले आफ्नो अनुभव र प्रतिबद्धतालाई आधार बनाउँदै समुदायका महिला दिदीबहिनीहरूको सशक्तिकरणका लागि अझ सक्रिय भएर काम गर्ने बताएकी छिन्।

“म महिला दिदीबहिनीहरूको आवाजलाई बुलन्द गर्न र समाजका हरेक क्षेत्रमा उहाँहरूको सहभागिता सुनिश्चित गर्न चाहन्छु,” पोखरेलले आफ्नो घोषणामा उल्लेख गरेकी छिन्।

उनले प्रस्तुत गरेका प्रमुख प्रतिबद्धताहरू यसप्रकार छन्:

  • महिला सशक्तिकरण: सीपमूलक, ज्ञानवर्द्धक तथा नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन।

  • एकता र सञ्जाल: विभिन्न पेसा र क्षेत्रमा संलग्न महिलाबीच सशक्त नेटवर्क निर्माण।

  • सहभागिता र प्रतिनिधित्व: सामाजिक तथा संस्थागत निर्णय प्रक्रियामा महिलाहरूको सक्रिय संलग्नता।

  • समर्थन र आवाज: महिलाका समस्या र आवश्यकतालाई सम्बोधन गर्न आवाज उठाउने माध्यम बन्ने।

शिल्पा पोखरेलले आफ्नो उम्मेदवारीप्रति विश्वास, साथ र समर्थन जनाउन सम्पूर्ण पश्चिम अस्ट्रेलियावासी नेपाली समुदायलाई आह्वान गरेकी छन्।

“यहाँहरूको साथ, समर्थन र सुझावको सदैव अपेक्षा रहनेछ,” उनले भनेकी छन्, “यहाँहरूकै साथमा, यहाँहरूकै लागि!”