गणेश केसीद्धारा एनआरएनए एनएसडब्लु उप-संयोजक पदमा उम्मेदवारी घोषणा

everest kitchen

सिड्नी, अष्ट्रेलिया — आगामी २०२५ को गैर-आवासीय नेपाली संघ (NRNA) निर्वाचनका लागि गणेश के.सी.ले न्यू साउथ वेल्स (NSW) उप-संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्।

“म गणेश के.सी., आउँदो २०२५ को निर्वाचनका लागि एनएसडब्लु उप-संयोजक पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्न चाहन्छु,” के.सी.ले सामाजिक सञ्जालमार्फत् जारी गरेको सन्देशमा उल्लेख गरेका छन्।

उनले अनुभवी र समर्पित स्वयंसेवकहरूको टोलीसहित समुदायप्रतिको सच्चा सेवा भावका साथ उम्मेदवारी अघि सारेको स्पष्ट पारेका छन्।

“We are a group of experienced and dedicated volunteers committed to genuine community service,” के.सी.ले भनेका छन्, “Together with my team, we stand for a stronger, more united Nepali diaspora.”

निर्वाचन मिति २६ जुलाई २०२५ लाई विशेष दिनको रूपमा संकेत गर्दै, के.सी.ले सम्पूर्ण नेपाली समुदायलाई एकताको सन्देश दिएका छन्।

“Let’s build a better future, together,” भन्दै उनले आफ्ना मतदाताहरूलाई साथ र समर्थनका लागि आग्रह गरेका छन्।