महेन्द्र न्यौपाने एनआरएनए पश्चिम अस्ट्रेलिया राज्य युवा सदस्य पदमा उम्मेदवार

everest kitchen

पर्थ, अस्ट्रेलिया — आगामी गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया निर्वाचन २०२५ का लागि महेन्द्र न्यौपानेले पश्चिम अस्ट्रेलियाबाट ‘राज्य युवा सदस्य’ (State Youth Member – WA) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

“म महेन्द्र न्यौपाने, नेपाली डायस्पोराप्रतिको मेरो समर्पण र साझा शक्तिप्रतिको विश्वासका साथ, टिम अभियानको तर्फबाट NRNA-Australia को निर्वाचनमा उम्मेदवारी घोषणा गर्न पाउँदा गर्व महसूस गरिरहेको छु,” उनले भनेका छन्।

उनको उम्मेदवारी केवल पदका लागि होइन, युवा पुस्तालाई उत्तरदायी, नैतिक र दूरदर्शी नेतृत्वतर्फ अभिप्रेरित गराउने उद्देश्यसहितको अभियान रहेको उनले स्पष्ट पारेका छन्।

प्रमुख अनुभवहरू:

  • सन् २०२४ देखि SouthWest Nepali Team मा सचिवको रूपमा सेवा गर्दै।

  • नेपालमा 3H (Hand to Hand Help) संस्थामा उपाध्यक्षको रूपमा काम।

  • विभिन्न सामाजिक तथा वातावरणीय कल्याण कार्यक्रममा स्वयंसेवकको रूपमा सक्रिय सहभागिता।

प्रतिबद्धताहरू:

  • सशक्त, समावेशी र प्रगतिशील नेपाली युवा समुदायको निर्माण।

  • नेपाली संस्कृति प्रवर्द्धनका लागि विविध कार्यक्रम र प्रतियोगिताहरूको आयोजना।

  • खेलकुद तथा सिर्जनात्मक क्रियाकलापलाई विशेष प्राथमिकता, विशेषतः बढ्दो बाल तथा किशोर वर्गलाई लक्षित।

  • सामाजिक उत्तरदायित्वमा आधारित अभियानहरू, जहाँ युवालाई स्थानीय समस्याहरूसँग प्रत्यक्ष जोड्ने प्रयास गरिनेछ।

साथै, उनले नेपाली डायस्पोराका युवालाई सकारात्मक, दिगो र नेतृत्वदायी भूमिकातर्फ अग्रसर गराउने उद्देश्यले युवा नेतृत्व विकास कार्यक्रम तथा मञ्चहरू स्थापनामा केन्द्रित रहने बताएका छन्।

“हामी यस्तो समाज बनाऔं जहाँ युवा केवल सहभागी होइन, भविष्य निर्माण गर्ने नेता बनून्,” न्यौपानेले बताए।

“Your vote is a beginning of a better future!”

अन्त्यमा, उनले सबै पश्चिम अस्ट्रेलियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई Team Abhiyan र आफूलाई अमूल्य मत दिएर विजयी गराउन हार्दिक अनुरोध गरेका छन्।

“It is time for us to take the reins and lead with responsibility, integrity, and passion,” उनले अपिल गर्दै भनेका छन्, “Vote for Mahendra Neupane as the youth member of NRNA-Western Australia.”