एडिलेड, दक्षिण अष्ट्रेलिया — “एकजुट नेपाली डायस्पोराका लागि” भन्ने सशक्त नाराका साथ कुशुम पौडेलले आगामी गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ अन्तर्गत दक्षिण अष्ट्रेलिया (SA) बाट नारी निकुञ्ज सह–संयोजक (Deputy Coordinator) पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
उनी अनुभवी, समर्पित र सेवा गर्न तत्पर उमेदवारका रूपमा प्रस्तुत भएकी छन्। नेपाली डायस्पोरालाई अझ सशक्त, समावेशी र एकताबद्ध बनाउने उद्देश्यका साथ, पौडेलले आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन्।
उनले सबै दक्षिण अष्ट्रेलियावासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई समर्थन र विश्वाससहित आफ्नो अमूल्य मत दिन आह्वान गरेकी छन्।
“EXPERIENCED. DEDICATED. READY TO SERVE.” यी शब्दहरू उनका सामाजिक योगदान र नेतृत्व क्षमताको झल्को हुन्।