“बिना पद, बिना स्वार्थ — अब औपचारिक भूमिकाको तयारी”: नरेश पोखरेल एनआरएनए क्यानाडा सदस्य पदका उम्मेदवार

everest kitchen

एडमन्टन, क्यानडा — २००८ देखि क्यानडामा बसोबास गर्दै आएका तथा नेपाली समुदायप्रति निरन्तर निःस्वार्थ सेवा गर्दै आएका नरेश पोखरेलले आगामी NRNA क्यानाडा निर्वाचन २०२५–२७ का लागि एडमन्टन क्षेत्रबाट सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उनले आफ्नो सन्देशमा भनेका छन्, “मैले अहिलेसम्म प्रत्यक्ष रूपमा कुनै पनि पदमा नरहे पनि, बिना पद, बिना स्वार्थ, बिना मान–सम्मान नै समुदायको हितका लागि निरन्तर प्रयासरत रहेँ।”

पोखरेलले आफूले पदको लोभ होइन, सेवा भावनाबाट प्रेरित भएर काम गर्दै आएको स्मरण गराउँदै, अब त्यो यात्रालाई थप संस्थागत र औपचारिक रूप दिनका लागि उम्मेदवारी दिने निर्णय लिएको उल्लेख गरेका छन्।

उनी भन्छन्, “समाजले यदि मलाई यो भूमिकामा उपयुक्त ठान्दैन भने म खुशीसाथ पृष्ठभूमिमा बसेर पनि समुदायको सेवामा निरन्तर कटिबद्ध रहने छु।”

नेतृत्वको हैसियतमा होइन, साथ र सहकार्यको मनोभावना लिएर अघि बढिरहेका पोखरेलले, सम्पूर्ण एडमन्टनवासी नेपालीहरूलाई सुझाव, सल्लाह, र सहयोगका लागि आग्रह गरेका छन्।

उनको विनम्र अपिल यस्तो छ: “यहाँहरूको सुझावअनुसार यदि म भन्दा अझ योग्य र सक्रिय सामाजिक व्यक्तित्वलाई अगाडि ल्याउनु आवश्यक छ भने म पछि हट्न पूर्ण रूपमा तयार छु।”