एनआरएनए क्यानाडा एनसीसी सदस्य पदमा गंगाराम भण्डारीको उम्मेदवारी

everest kitchen

ब्राम्पटन/क्यालेडन — आगामी गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडा २०२५–२०२७ कार्यकालको निर्वाचनमा ब्राम्पटन तथा क्यालेडन क्षेत्रका प्रतिनिधिका रूपमा गंगाराम भण्डारी (GR Bhandari) ले एनसीसी (NCC) बोर्ड सदस्य पदमा उम्मेदवारी दिएका छन्।

एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने मूल मन्त्र बोकेका भण्डारीले आफूलाई नअस्पष्टता होइन, तथ्यमा आधारित सोच र मौनता होइन, सकारात्मक परिवर्तनको पक्षधर उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्।

उनले भनेका छन्:“मैले एनआरएनएलाई परिवर्तन, पारदर्शिता र जवाफदेहिताको प्रतीक संस्था बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको हुँ। युवा सहभागिता नै वास्तविक सामाजिक रूपान्तरणको आधार हो।”

गंगाराम भण्डारीले ब्राम्पटन तथा क्यालेडनमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई आगामी जुलाई २०, २०२५ मा हुन लागेको निर्वाचनमा आफ्नो अमूल्य मत र समर्थन दिन हार्दिक अनुरोध गरेका छन्।

उनको अपिल: “Not confusion, but facts. Not silence, but positive change.”

“Seeking youth participation for true social transformation.”