अष्ट्रेलिया — राजिव श्रेष्ठले गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य (NSW SCC Member) पदका लागि आउँदो २०२५ चुनावमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफूलाई समुदायप्रतिको प्रतिबद्धता, अनुभव र समर्पणका साथ नेपाली समुदायको हित र विकासको लागि निरन्तर सेवा दिने अठोट जनाएका छन्।
राजिव श्रेष्ठले भने,“एनएसडब्ल्युमा बसोबास गर्ने नेपाली समुदायका हक र अधिकारका लागि मैले सदैव समर्पित भावनाले काम गरेको छु र भविष्यमा पनि निरन्तर कार्यरत रहनेछु।”
उनी आगामी २६ जुलाई २०२५ को चुनावमा आफ्नो उम्मेदवारी पेश गर्दै सम्पूर्ण नेपाली समुदायको समर्थन र सहयोगको अपेक्षा गरेका छन्। उनले समाजसेवामा आफ्नो समर्पण र प्रतिबद्धतालाई प्रमुख आधार बनाउँदै उम्मेदवारी घोषणा गरेका छन्।
उनको भनाइमा,“तपाईंहरूको समर्थनले मात्र हामीलाई अघि बढ्न मद्दत पुर्याउँछ। यसपटकको चुनावमा तपाईंको साथ र समर्थनको आवश्यकता छ।”