क्यानबेरा — अभिषेक उप्रेतीले गैर आवासीय नेपाली संघ (NRNA), अष्ट्रेलियाको ACT SCC कोआर्डिनेटर पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आगामी २०२५-२०२७ कार्यकालका लागि उम्मेदवारको रूपमा प्रस्तुत गर्दै, उनले क्यानबेरा, क्वीन्सबेयन र आसपासका नेपाली दाजुभाई र दिदीबहिनीलाई एकताको आह्वान गरेका छन्।
अभिषेक उप्रेतीले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने,“अब समय आएको छ परिवर्तनको — पुराना शैली र नेपालकै राजनीतिक दलहरूको छायाँमा चल्ने प्रवृत्तिबाट बाहिर निस्कने। म, अभिषेक उप्रेती, तपाईंहरूको सेवा गर्ने एउटा सच्चा समाजसेवी, ACT SCC Coordinator को पदमा उम्मेदवारी प्रस्तुत गरेको छु।”
उनी २०१९–२०२१ को अवधिमा SCC ACT को सदस्यका रूपमा काम गरिसकेका छन् र क्यानबेरा नेपाली समुदायको अध्यक्षको रूपमा पनि समाजसेवामा समर्पित रहेका छन्। उनका अनुसार, नेपाली समुदायको एकता, समृद्धि र हकहितको संरक्षणका लागि काम गर्ने उद्देश्य छ। साथै, नेपाली संस्कृति, भाषा र पहिचानको प्रवर्द्धनमा पनि उनी प्रतिबद्ध छन्।
अभिषेक उप्रेतीले भने,“नेतृत्व भनेको शक्ति होइन, जिम्मेवारी हो। म यही जिम्मेवारी निभाउन तपाईंहरूको सामु उपस्थित भएको छु।”
उनले सबैलाई पुराना ढर्राबाट हटेर नयाँ सोच र नयाँ जोशसँग अघि बढ्न आह्वान गरेका छन्। उनले भने,“हामीले एकजुट भएर हाम्रो संस्थालाई अझ बलियो र प्रभावशाली बनाउनु पर्छ। म तपाईंहरूको सहयोग र भोटको अपेक्षामा उम्मेदवारी प्रस्तुत गर्दै छु।”
उनले आगामी २६ जुलाई २०२५ का दिन हुने एनआरएनए क्यानाडा निर्वाचनमा ACT SCC कोआर्डिनेटर पदका लागि उम्मेदवारी दिएका छन् र सम्पूर्ण मतदाताहरुको समर्थन र भोटको हार्दिक अपिल गरेका छन्।