विदुर के.सी.द्वारा एनआरएनए क्यानाडाको कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

everest kitchen

टोरन्टो | गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि कोषाध्यक्ष पदमा विदुर के.सी.ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली समुदायमा एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका के.सी.ले क्यानाडामा रहेका नेपालीहरूको संगठित, पारदर्शी र दिगो भविष्य निर्माणमा वित्तीय नेतृत्व दिने अठोट व्यक्त गरेका छन्।

अनुभव र योगदान:

  • नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेस (NCCS) को अध्यक्षको रूपमा सामुदायिक कार्यक्रमको सफल नेतृत्व।

  • खेलकुद तथा योगका माध्यमबाट युवाहरूमा स्वस्थ जीवनशैली र सहकार्यको भावना विकास गर्ने अभियान सञ्चालन।

  • टोरन्टोमा आयोजना हुने हिमालयन मेला जस्तो भव्य सांस्कृतिक कार्यक्रमको नेतृत्व र व्यवस्थापन।

विदुर के.सी.ले आफ्नो उम्मेदवारीका क्रममा भने: “संस्थाको हरेक आर्थिक गतिविधि सदस्यहरू सामु पारदर्शी, प्रतिवेदनयोग्यउत्तरदायी हुने व्यवस्था मेरो पहिलो प्राथमिकता हुनेछ।”

उनले सम्पूर्ण क्यानाडावासी नेपाली समुदायसँग आग्रह गर्दै भने: “म तपाईंहरूको अमूल्य मत, विश्वास र साथको अपेक्षा गर्दछु — ताकि म वित्तीय पारदर्शिता, उत्तरदायित्व र स्रोत व्यवस्थापनमा सशक्त योगदान दिन सकूँ।”