शर्मिला रानाभाटद्वारा एनआरएनए क्यानाडाको महासचिव पदमा उम्मेदवारी घोषणा

everest kitchen

क्याल्गेरी – क्यानडामा सक्रिय समाजसेवी शर्मिला रानाभाटले आगामी २०२५–२०२७ कार्यकालका लागि गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको महासचिव पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

विगत केही वर्षदेखि विभिन्न सामाजिक संघ–संस्थाहरूमा आबद्ध हुँदै, स्वयंसेवकका रूपमा तथा स्वतन्त्र सामाजिक अभियन्ता भएर समुदायमा समर्पित रहँदै आएकी शर्मिला रानाभाटले क्याल्गेरी लगायत क्यानडाभरका नेपाली समुदायबाट लगातार सद्भाव र सहयोग प्राप्त हुँदै आएको बताउँदै त्यसले आफूलाई सामाजिक परिवर्तनको यात्रामा अझ सक्रिय बनाएको बताएकी छन्।

उम्मेदवार शर्मिला रानाभाटका प्रमुख एजेन्डा:

  • ✅ आप्रवासी नेपालीहरूको हकहितको संरक्षण

  • ✅ NRN क्यानाडाको सामूहिक, समावेशी र एकतामूलक विकास अभियानमा योगदान

  • ✅ समुदायको आवाज सुन्ने र प्रतिनिधित्व गर्ने महासचिवको भूमिका मजबूतीका साथ निर्वाह गर्ने

  • ✅ संगठनलाई अझ सक्षम, उत्तरदायी र पारदर्शी बनाउने

उनले भनिन्:“हामी सबै मिलेर NRNA क्यानाडालाई सबैका आवाजलाई प्रतिनिधित्व गर्ने, उत्तरदायी र सक्षम संस्था बनाउनेछौं।”

उनले सबै गैरआवासीय नेपालीहरूलाई NRNA सदस्यता लिएर आगामी निर्वाचनमा सक्रिय रूपमा भाग लिँदै आफ्नो उम्मेदवारीमा समर्थन गर्न हार्दिक अनुरोध गरेकी छन्।