न्यू ब्रन्सविक, क्यानाडा – “नेतृत्व एकचोटिको लागि मात्र हो — प्रभाव पुस्तौंसम्मको लागि।” यही विश्वासका साथ रेवती रिजालले गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको न्यू ब्रन्सविक बोर्ड सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
रेवती रिजालले आफ्नो उम्मेदवारी घोषणामा उल्लेख गरेका छन् कि उनले विगतमा नेपाली आप्रवासी समुदायका लागि रोजगारी, आवास, र शैक्षिक मार्गदर्शन जस्ता क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएका छन्।
विगतका योगदान:
-
नयाँ आगन्तुक १३ जनालाई रोजगारी पाउन सहयोग
-
विभिन्न शहरमा कोठा तथा अपार्टमेन्ट खोज्नमा सहयोग
-
विद्यार्थीलाई पार्ट-टाइम काम पाउन सहजीकरण
-
हरेक सामुदायिक कार्यक्रममा सक्रिय स्वयंसेवकको भूमिका
-
नयाँ आप्रवासीहरूलाई स्वागत र आवश्यक समन्वय
-
समुदायमा “साथी” बनेर प्रतिनिधित्व
भावी योजना:
-
समुदायमा सेवा र नेतृत्वको शैलीमा नवीनता ल्याउने
-
दीर्घकालीन, स्थायी र सम्मानजनक रोजगारीमा सहयोग पुर्याउने
-
विद्यार्थीहरूलाई जानकारी, आवास र संलग्नताको सहजता प्रदान गर्ने
-
एकताको भावना बोकेको बलियो नेपाली समुदाय निर्माण गर्ने
-
नयाँ व्यवसायीहरूलाई प्रेरणा दिने र नेटवर्क निर्माणमा सहयोग गर्ने
रेवती रिजालले आफ्नो सन्देशमा भनेका छन्:“नेतृत्व एकचोटि मात्रै चाहिन्छ, तर त्यसले ल्याउने परिवर्तन पुस्तौंसम्म प्रभाव पार्छ। म तपाईंहरूको साथ, विश्वास र अमूल्य मतको अपेक्षा गर्दछु ताकि हामी सँगै अघि बढ्न सकौं।”