टोरन्टो, क्यानाडा – “नारामा होइन, व्यवहारमै समाजसेवा!” भन्ने नारा बोकेर वर्तमान कार्यसमिति (२०२३–२०२५) का प्रवक्ता सुशिल भुसालले आगामी NRNA क्यानाडा (२०२५–२०२७) कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
गैरआवासीय नेपालीहरूको साझा संस्था NRNA लाई थप सशक्त, समावेशी र समन्वयपूर्ण बनाउँदै स्वार्थरहित सेवा भावनाको आधारमा नेतृत्व गर्न आफू प्रतिबद्ध रहेको भुसालले बताएका छन्।
उम्मेदवारी घोषणासँगै उनले भने: “दिनानुदिन बढ्दो नेपाली डायस्पोरालाई अझ सुदृढ बनाउँदै, पदीय जिम्मेवारीहरू इमानदारीपूर्वक निर्वाह गर्दै समाजप्रतिको जिम्मेवारी निर्वाह गर्न मैले उम्मेदवारी दिएको हुँ। मेरो मुद्दा एउटै हो — समाजसेवा।”
उनको अनुसार, एनआरएनए संस्था भित्रका पदीय जिम्मेवारीहरूलाई पूरा गर्नु त न्यूनतम अपेक्षा हो, तर असली चुनौती भनेको सबै नेपाली समुदायलाई जोड्ने, बुझ्ने र प्रतिनिधित्व गर्ने हो।