सावित्रा (अनु) घिमिरे एनआरएनए आयरल्यान्डको महिला संयोजकमा निर्वाचित

everest kitchen

डब्लिन, आयरल्यान्ड – गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको नयाँ कार्यसमिति २०२५–२०२७ का लागि भएको निर्वाचनमा सावित्रा (अनु) घिमिरे महिला संयोजक पदमा निर्वाचित हुनुभएको छ। यसअघि कार्यसमिति सदस्यको रूपमा २०२३ देखि २०२५ सम्म सफल कार्य सम्पादन गर्नुभएकी घिमिरेले, नयाँ भूमिकामा चयन भएको जानकारी समुदायसँग साझा गर्दै साथ, समर्थन र विश्वासका लागि हार्दिक धन्यवाद प्रकट गर्नुभएको छ।

उहाँले भन्नुभयो: “म कार्यसमिति सदस्यको रूपमा २०२३ देखि २०२५ सम्म काम गर्दा तपाईंहरूले दिनुभएको साथ र समर्थनका लागि हार्दिक धन्यवाद। अब म महिला संयोजक पदमा निर्वाचित भएकी छु भन्ने कुरा तपाईंहरूसँग साझा गर्न पाउँदा खुशी लागेको छ।”

उहाँले आगामी कार्यकालमा पनि समुदायबाट पहिलेजस्तै साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै भन्नुभयो: “जसरी तपाईंहरूले अघिल्लो दुई वर्षमा मलाई समर्थन गर्नुभयो, आगामी दुई वर्षका लागि पनि तपाईंहरूको निरन्तर समर्थनको अपेक्षा गर्दछु। हामी सबै मिलेर समुदायको हितमा अझ राम्रो काम गरौं।”

नयाँ नेतृत्वमा समुदायको अपेक्षा

सावित्रा घिमिरे महिला सशक्तिकरण, समावेशी सहभागिता, र सामुदायिक समृद्धिका लागि प्रतिबद्ध नेतृको रूपमा चिनिनुभएको छ। अबको कार्यकालमा उहाँको नेतृत्वले NRNA आयरल्यान्डको महिला विभागलाई थप सक्रिय, प्रभावशाली र समावेशी बनाउने अपेक्षा गरिएको छ।