लन्डन, जुलाई १६, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) युकेको आगामी कार्यकाल (२०२५–२०२७) का लागि दिवाकर पाण्डेले महासचिव पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। लामो समयदेखि एनआरएनए स्कटल्यान्ड राज्य परिषदमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका पाण्डेले अब केन्द्रमै पुगेर राज्य परिषदहरूको सशक्तिकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समुदायप्रति सन्देश: “आदरणीय युकेवासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार,
मैले औपचारिक रूपमा NRNA UK को महासचिव पदमा उम्मेदवारी दिएको छु। राज्य परिषद् स्कटल्यान्ड गठनदेखि नै सह–सचिव, सचिव हुँदै अध्यक्षको भूमिका निर्वाह गरें। अब ती सबै अनुभवको सार लिएर केन्द्रमा पुगेर स्वच्छ, पारदर्शी र एकतामूलक एनआरएनए निर्माण गर्ने लक्ष्य लिएको छु।”
पाण्डेको अनुभव र नेतृत्व यात्रा:
-
एनआरएनए स्कटल्यान्ड राज्य परिषद्को संस्थापक टोलीका सदस्य
-
सह–सचिव र सचिव पदमा निर्वाह गरिएको सफल कार्यकाल
-
पछिल्लो कार्यकालमा राज्य परिषद्को अध्यक्षका रूपमा नेतृत्व
-
युवाहरू, विद्यार्थीहरू, र राज्य प्रतिनिधिहरूका हक–हितमा निरन्तर आवाज उठाउँदै आएको
उम्मेदवारीको मूल उद्देश्य:
-
सबै राज्य परिषदहरूलाई केन्द्रमा सम्मानजनक स्थान दिलाउने
-
पारदर्शिता र जवाफदेहितामा आधारित सचिवालय बनाउने
-
विद्यार्थी, युवा र श्रमिक वर्गको अधिकार सुनिश्चित गर्न पहल गर्ने
-
संस्थाको अन्तर्राष्ट्रिय स्तरमा साख र विश्वसनीयता मजबुत बनाउने
अपिल: “म तपाईंहरूको अमूल्य मत र समर्थनको अपेक्षा राख्दछु।
सेवा गर्ने अवसर पाउँ भने म पूर्ण निष्ठा र इमान्दारिताका साथ NRNA UK को महासचिवको जिम्मेवारी निर्वाह गर्नेछु।”