टोकियो, जापान | NRNA जापान 2025–2027 कार्यकालका लागि औपचारिक उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै, चिवा क्षेत्रका सक्रिय अभियन्ता मुक्ती राज रेग्मीले केन्द्रिय कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
रेग्मीले आफ्नो एनआरएनए यात्रा सन् २०१८ मा चिवा क्षेत्रीय समितिका संस्थापक कोषाध्यक्षको रूपमा सुरु गरेका थिए। त्यसयता उनी चिवा संयोजक हुँदै हाल केन्द्रिय युवा संयोजक (२०२३–२०२५) को जिम्मेवारी सम्हालिरहेका छन्।
उनी हालै सम्पन्न प्रथम चिवा माचुदो फेस्टिवलमा आर्थिक संयोजकको भूमिकामा रहेर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका थिए।
उमेदवारी दर्ता गर्दै रेग्मीले भने, “संस्था हैन, संस्थाभित्र रहेर इमानदारीपूर्वक काम गर्नेहरूलाई साथ दिने समय आएको छ। मलाई केन्द्रिय कोषाध्यक्ष पदमा उम्मेदवारी दिन पाउँदा गर्व लागेको छ र सम्पूर्ण जापानवासी नेपालीहरूलाई साथ र सहयोगको हार्दिक अनुरोध गर्दछु।”
रेग्मीको उम्मेदवारीसँगै एनआरएनए जापानको नेतृत्वमा आर्थिक पारदर्शिता र संगठनात्मक प्रतिबद्धताको सन्देश प्रवाह भएको छ।












