टोकियो, जापान | NRNA जापान 2025–2027 कार्यकालका लागि उम्मेदवारी मनोनयन दर्ता हुने दिन, शंकर सुवेदीले केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएमा सक्रिय रूपमा संलग्न रहँदै आएका सुवेदीले जापानभरिका विभिन्न क्षेत्र र संघसंस्थाबाट निरन्तर साथ र समर्थन पाएको भन्दै आभार व्यक्त गरेका छन्।
सन् २०१३ मा जापान आएका सुवेदी NRNA चिबा, चितवन समाज जापान, नवलपुर समाज जापान, जनजाति महासंघ जापान लगायत दर्जनौं सामाजिक संस्थासँग आबद्ध रहँदै समाजसेवामा लागिरहेका छन्। उनले Balkumari College का साथीहरू, गैंडाकोट क्षेत्रका शुभचिन्तकहरू, साथै टोकियो, ओसाका, फुकुओका, नागोया, सिजुओका, गुम्मा, तोचिगी, निगाता, सेन्दाई, नागानो लगायतका क्षेत्रका नेपाली समुदायबाट राम्रो प्रतिक्रिया र समर्थन पाइरहेको बताएका छन्।
सुवेदीले भावुक हुँदै भने, “निर्वाचनमा हार–जित जे भए पनि तपाईंहरूले देखाएको विश्वासको सधैं ऋणी रहनेछु।”
उनले आगामी निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गर्दै जापानभर “Vote for Shankar Subedi” भन्ने नारालाई फैलाउन अपिल गरेका छन्।