“NRNA लाई अझ मजबुत र समावेशी बनाउने जिम्मा अब हामी सबैको हो।”
टोकियो, जापान | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी २७ जुलाई २०२५ मा हुने निर्वाचनलाई लक्षित गर्दै विष्णु प्रसाद सुवेदी (विश्व) ले क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएन अभियानमा विगत ७ वर्षदेखि निरन्तर सक्रिय रहँदै आएका सुवेदीले विभिन्न जिम्मेवारीहरू सफलतापूर्वक सम्हाल्दै संगठनमा पारदर्शिता, इमानदारी र समर्पणसहित योगदान दिँदै आएका छन्।
सुवेदीको अनुभव:
🔹 संस्थापक संयोजक – NRNA चिबा क्षेत्रीय समिति (२०१८–२०१९)
🔹 संयोजक – NRNA चिबा क्षेत्रीय समिति (२०१९–२०२१)
🔹 सल्लाहकार – NRNA जापान (२०२१–२०२३)
🔹 लेखा समिति सदस्य – NRNA जापान (२०२३–२०२५)
उम्मेदवारी घोषणासँगै सुवेदीले सबै क्षेत्र, समुदाय र भूगोल समेट्ने समावेशी नेतृत्व, उत्तरदायी कार्यशैली, र परिणाममुखी दृष्टिकोणको वकालत गरेका छन्।“तपाईंको एक भोट, इमानदार र अनुभवी नेतृत्व चयनतर्फको ठूलो कदम हुनेछ भन्ने विश्वास लिएको छु,” सुवेदीले भने। “NRNA लाई अझ मजबुत र समावेशी बनाउने जिम्मा अब हामी सबैको हो।”