“अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन — इमानदारी र पारदर्शितामा आधारित NRNA बनाउने मेरो अभियान”
फुकुओका, जापान | विगत ११ वर्षदेखि जापानमा सामाजिक क्षेत्रमा सक्रिय बिबेक बुढाथोकीले आगामी NRNA जापान राष्ट्रिय समन्वय परिषद् (NCC) २०२५–२०२७ को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
जापान बसाइँको क्रममा बुढाथोकीले विभिन्न सामाजिक संघ–संस्थामा जिम्मेवार भूमिका निर्वाह गर्दै आइरहेका छन्। उनका नेतृत्वमा सम्पन्न महत्वपूर्ण कामहरूमा विशेष रूपमा:
-
२०१८ मा वाजिरो नेपाली सोसायटीका संस्थापक अध्यक्ष
-
२०१९–२०२१ मा NRNA क्युस्यु सह–सचिव
-
२०२१–२०२३ मा NRNA क्युस्यु उप–संयोजक
-
२०२३–२०२५ मा NRNA क्युस्यु संयोजक
-
२०२४ मा नेपाल फेस्टिवल फुकुओका संयोजक
महत्वपूर्ण उपलब्धिहरू:
-
नेपाल फेस्टिवल फुकुओका २०२४ को भव्य सफल आयोजन।
-
नेपाली राजदूतावाससँग सहकार्यमा घुम्ती सेवा फुकुओका २०२४ को सफल सञ्चालन।
-
फुकुओका अध्यागमन ब्यूरो संग अन्तरक्रिया कार्यक्रमको सफल आयोजना।
-
विविध सामाजिक कार्यक्रम र सहकार्यहरू।
बुढाथोकीले आफ्नो अभियानलाई अझ सशक्त बनाउँदै एनआरएनए जापानका १२ क्षेत्रीय समितिसँग समन्वय गरी विधि, विधान र नीतिको आधारमा संस्था एकरूपता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
“म विगतमा पाएको सद्भाव, साथ र सहयोग प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु र यस पटकपनि तपाईंहरूको अमूल्य समर्थनको अपेक्षा गर्दछु।”
“२०२५–२०२७ कार्यकालका लागि सचिव पदमा मलाई बहुमतका साथ विजयी गराएर सेवा गर्ने अवसर दिनु हुन हार्दिक अनुरोध गर्दछु।”