पवन सापकोटाद्वारा SCC (NSW) सदस्य पदमा उम्मेदवारी घोषणा

everest kitchen

सिड्नी, अष्ट्रेलिया — एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७) कार्यकालका लागि SCC (NSW) सदस्य पदमा पवन सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। समुदायप्रतिको गहिरो प्रतिबद्धता र जिम्मेवारीका साथ उनले यो निर्णय लिएका हुन्।

“अब म त्यो अनुभवलाई अझ फराकिलो स्तरमा उपयोग गर्न तयार छु — तपाईंहरूको सेवा गर्न र एनएसडब्लुस्थित नेपाली समुदायको आवाजलाई थप सशक्त बनाउने मेरो लक्ष्य हो,” सापकोटाले भने।

उनको उम्मेदवारी तीन प्रमुख आधारमा केन्द्रित छ:
प्रत्यिनिधित्वप्रति समर्पण
पारदर्शितामा प्रतिबद्धता
एकता र युवाको सशक्तिकरणमा केन्द्रित दृष्टिकोण

सापकोटाले सबै समुदाय सदस्यहरूसँग एकता, दृश्यता (visibility) र सशक्त नेपाली डायस्पोरा निर्माणमा सहकार्यको आह्वान गर्दै भने, “हामी सबै मिलेर अष्ट्रेलियामा अझ एकीकृत र प्रभावशाली नेपाली समुदाय बनाउन सक्छौं।”

अन्त्यमा उनले आग्रह गरे: “म तपाईंको अमूल्य मत र समर्थनको हार्दिक अपेक्षा गर्दछु।”