“पद होइन, सेवा भाव र एकताको यात्राका लागि उम्मेदवारी”
क्यानबेरा, अष्ट्रेलिया —
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया ACT को आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव पदमा नबिन पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आगामी २६ जुलाई २०२५ मा हुने निर्वाचनका लागि उनले समुदायसँग आत्मीयताको साथ समर्थनको अपेक्षा गरेका छन्।
नबिन पौडेल विगत केही वर्षदेखि क्यानबेरास्थित नेपाली समुदायसँग निरन्तर जोडिएर सूचना प्रविधि सहयोग (ANFS 2017–2019), युवा तथा विद्यार्थी संयोजक (ANFS 2020–2022), FENCA कार्यक्रमहरूमा स्वयंसेवा, र एनआरएनए ACT निर्वाचन टोलीसँग निरन्तर सहकार्य गर्दै आएका छन्।
“मैले सँधै समुदायका आवश्यकता अनुसार जहाँ सक्दो सहयोग पुर्याउने प्रयास गर्दै आएको छु,” पौडेलले भने।
पेशागत रूपमा उनी प्रमाणित माइग्रेसन एजेन्ट समेत हुन्, जसले नयाँ आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोजगार परामर्श, तालिम विकल्प, र सेटलमेन्ट समर्थन जस्ता सेवा प्रदान गर्दै आएका छन्।
उनी भन्छन्: “यो चुनाव पदको लागि मात्र होइन, एकता र सेवामूलक उद्देश्यका लागि हो। हामी सबै मिलेर अझ संगठित, सशक्त र समर्पित समुदाय निर्माण गर्न सक्छौं।”
नबिन पौडेलका अनुभवहरू संक्षेपमा:
-
IT Support Volunteer – ANFS (2017–2019)
-
Youth & Student Coordinator – ANFS (2020–2022)
-
Active Volunteer – FENCA events & community programs
-
Involved with NRNA ACT Election Teams (Last 2 terms)
-
Registered Migration Agent – focused on youth and migrant support
अन्त्यमा, पौडेलले समुदायको निरन्तर साथ र विश्वासप्रति आभार प्रकट गर्दै भने: “आगामी दिनहरूमा मेरो योजनाबारे विस्तृत रूपमा साझा गर्नेछु। तपाईंहरूको साथ, विश्वास र मतको अपेक्षा गर्दछु।”