“सामाजिक एकता र संस्थागत रूपान्तरणका लागि प्रतिबद्ध उम्मेदवारी”
मेलबर्न, अष्ट्रेलिया —
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, भिक्टोरिया राज्य अन्तर्गतको राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य पदका लागि किशोर पाठकले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले आगामी २०२५–२०२७ कार्यकालका लागि एनआरएनए भिक्टोरियाको नेतृत्वमा सहभागी भई सामाजिक एकता, संस्थागत रूपान्तरण र समावेशी प्रतिनिधित्वको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“संस्थागत रूपान्तरण: सामाजिक एकता, सबैको एनआरएनए — हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
पाठक हाल TEAM EKATA बाट उम्मेदवार भए पनि, उनले सबै समुदायप्रति समान दृष्टिकोण राख्ने स्पष्ट सन्देश दिएका छन्।
उम्मेदवारीका मूल उद्देश्यहरू:
-
नेपाली समुदायभित्रको सामाजिक एकताको प्रवर्द्धन
-
संस्थागत सुधार र जवाफदेही नेतृत्व
-
विविध आवाजहरूको प्रतिनिधित्व र सहभागिता सुनिश्चित
किशोर पाठकको अपिल: “संगै अघि बढौँ, बलियो एनआरएनए निर्माण गरौं।”
“म तपाईंहरूसँग मिलेर समुदायको हितमा आवाज उठाउन, काम गर्न र सकारात्मक परिवर्तन ल्याउन चाहन्छु। तपाईंको अमूल्य मत र समर्थनको अपेक्षा गर्दछु।”