“सेवा र प्रतिनिधित्वका लागि उम्मेदवारी — युवाको सशक्त आवाज उठाउने प्रतिबद्धता”
डार्विन, अष्ट्रेलिया —
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया Northern Territory (NT) को State Coordination Council (SCC) अन्तर्गत २०२५–२०२७ कार्यकालका लागि युवा संयोजक पदमा सुमन गैरे (नामुस) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उनी भन्छन्:“डार्विनमा पाँच वर्षभन्दा बढी समय बस्दै गर्दा मैले युवाहरु, आप्रवासी, विद्यार्थी र नेपाली समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाएको छु। यी अनुभवहरूले मलाई समुदायको आवश्यकता बुझ्न र काम गर्न प्रेरणा दिएका छन्।”
गैरे TEAM TRILLOCHAN बाट उम्मेदवार रहेका छन् — एक अनुभवी, विश्वासिलो र “नेपाली राजनीतिको भन्दा माथि” मानिएको समूह, जसको प्राथमिकता पारदर्शिता, एकता र सेवा हो।
उनको उम्मेदवारीका मूल लक्ष्यहरू:
-
नेतृत्व, सांस्कृतिक कार्यक्रम, र खेलकुदमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने
-
पुस्तान्तर समावेशिता, सहकार्य र आपसी सम्मान प्रवर्द्धन गर्ने
-
विद्यार्थी, नयाँ आप्रवासी, र युवा पेशेवरहरूलाई सशक्त पार्ने कार्यक्रमहरू संचालन गर्ने
-
युवाको आवाज इमान्दारिता र जवाफदेहिताका साथ प्रतिनिधित्व गर्ने
सुमन गैरेको अपिल: “सेवाका लागि भोट दिनुहोस्, कर्मका लागि भोट दिनुहोस्, सुमन गैरे (नामुस) लाई भोट दिनुहोस्!”
“हामी मिलेर समावेशी, सशक्त र जागरुक युवा समुदाय निर्माण गर्न सक्छौं।”