एनआरएनए एनसीसी अष्ट्रेलिया (नर्दन टेरिटोरी) सदस्य पदका लागि अनिल बि.क को उम्मेदवारी घोषणा

everest kitchen

“राजनीति होइन, सेवा र पारदर्शी नेतृत्व मेरो अठोट हो”

डार्विन, अष्ट्रेलिया —
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि नेशनल कोअर्डिनेसन काउन्सिल (NCC) सदस्य पदमा अनिल बि.क ले नर्दन टेरिटोरीबाट आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनी टीम त्रिलोचन सापकोटासँग आबद्ध छन्, जुन “काममुखी, एकतामूलक र पारदर्शी” नेतृत्वका लागि परिचित टोली हो।

अनिल बि.क हालैसम्म एनआरएनए SCC नर्दन टेरिटोरीको कोषाध्यक्ष (२०२३–२०२५) पदमा कार्यरत रहे। उनले आफ्नो कार्यकालमा वित्तीय पारदर्शिता, जवाफदेही बजेट प्रणाली र समुदायमैत्री निर्णय प्रक्रियामा सुधार ल्याएको दाबी गरेका छन्।

उनी भन्छन्,“म नेतृत्वमा लोकप्रिय बन्ने होइन, सत्य र सही निर्णय गर्न सक्ने साहसको पक्षमा छु। इमानदारी मेरो नारा होइन, मेरो पहिचान हो।”

उम्मेदवारीका मुख्य उद्देश्यहरू:

१. वित्तीय पारदर्शिता र उत्तरदायित्व

  • सबै खर्च र आम्दानी सार्वजनिक गर्ने स्पष्ट प्रणाली

  • हरेक डलर समुदायकै हितमा प्रयोग भएको सुनिश्चित गर्ने

२. युवा र विद्यार्थी सहभागिता

  • मार्गदर्शन, तालिम, व्यवसायिक सञ्जाल, मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम

३. सामुदायिक स्वास्थ्य र जीवनशैली प्रवर्द्धन

  • खेलकुद, वेलनेस, मानसिक स्वास्थ्य कार्यशाला र सामुदायिक संलग्नता

४. राजनीति-मुक्त सांस्कृतिक पहिचानको उत्सव

  • सबै नेपालीलाई समेट्ने, समावेशी सांस्कृतिक कार्यक्रमको आयोजना

५. नर्दन टेरिटोरीको राष्ट्रिय मञ्चमा उचित प्रतिनिधित्व

  • NT राज्यका नेपालीहरूको आवश्यकता र आवाजलाई NRNA Australia मा प्रभावकारी ढंगले प्रस्तुत गर्ने

अनिल बि.क को अपिल: “NRNA लाई अझ पारदर्शी, जवाफदेही, राजनीतिक प्रभावबाट मुक्त र समुदाय–केन्द्रित बनाउने अभियानमा म तपाईंहरूको साथ र विश्वासको अपेक्षा गर्दछु।”