प्रतिभा पराजुलीद्धारा एनआरएनए अष्ट्रेलिया महिला उपसंयोजक पदका लागि उम्मेदवारी घोषणा

everest kitchen

अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि महिला उपसमन्वयक पदमा प्रतिभा पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

प्रतिभा पराजुलीले महिला सशक्तिकरण र नेपाली समुदायलाई अझ सुदृढ बनाउन आफ्नो पूर्ण मनोबल राख्दै यस अभियानमा आफूलाई समर्पित गरिसकेको बताएकी छन्।

उनले भनिन्, “मेरो सम्पूर्ण सक्रियता नेपाली समुदाय र महिलाहरूलाई सशक्त बनाउने पहलमा केन्द्रित छ। म हाम्रो सांस्कृतिक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन र सबै वर्गलाई समेट्ने कार्यक्रमहरू आयोजना गर्न कटिबद्ध छु।”

उनको प्राथमिकतामा रहेका विषयहरू यसप्रकार छन्:

  • सबै समुदायका सदस्यहरूको आवाजलाई बुलन्द बनाउने र उनीहरूलाई प्रतिनिधित्व गर्ने।

  • सांस्कृतिक, शैक्षिक र सामाजिक गतिविधिहरूलाई अझ समावेशी र उत्साहजनक बनाउन।

  • युवापुस्ताको नेतृत्व र सहभागितालाई प्रोत्साहित गर्ने।

  • सहकार्य र पारदर्शितामा जोड दिने।

पराजुलीले नेपाली समुदायको एकता र सहकार्यमा विश्वास राख्दै सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनी NRNA अष्ट्रेलियाको आगामी नेतृत्वसँग मिलेर समुदायको विकास र समृद्धिका लागि लागिपर्ने योजना बनाइरहेकी छन्।

उनी आफ्नो उम्मेदवारीमा सबैको विश्वास र समर्थनको अपेक्षा गरिरहेकी छन् र नेपाली समुदायलाई अझ मजबुत र समृद्ध बनाउन योगदान गर्ने अवसरको लागि उत्साहित छिन्।