बैदेशिक रोजगारीमा रहेका इन्द्र बहादुर थापाको मलेसियामा निधन, २८ गते शव नेपाल ल्याइने

everest kitchen

२१ साउन, काठमाडौँ ।
बैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत इन्द्र बहादुर थापाको दुर्भाग्यपूर्ण निधन भएको छ। रामेछाप जिल्ला रामेछाप नगरपालिका–४ स्थायी घर भई हाल मध्यपुर ठिमी नगरपालिका, बोडेमा बसोबास गर्दै आएका थापा २००१ देखि मलेसियामा श्रम पेशामा संलग्न थिए।

२१ जुलाई २०२५, सोमबार बिहान काम सकेर होस्टलमा सुतेको अवस्थामा उनी अचेत अवस्थामा फेला परेका थिए। तत्काल उनलाई अस्पताल भर्ना गरिए पनि उपचारको क्रममा २२ जुलाई, मंगलबार अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

स्व. थापाको शव २८ जुलाई बिहान मलेसिया एयरलाइन्स मार्फत नेपाल पठाइने जानकारी प्राप्त भएको छ।

स्वर्गीय थापा लामो समयदेखि मलेसियामा परिश्रम गर्दै परिवारको पालनपोषण र उज्यालो भविष्यका लागि समर्पित थिए। उनको असामयिक निधनले परिवार, मित्रवर्ग र नेपाली समुदायमा शोकको छायाँ छाएको छ।

स्व. थापाको निधनप्रति एनआरएन मलेसिया, नेपाली दूतावास तथा सम्बन्धित संघसंस्थाले दुःख व्यक्त गरेका छन्। साथै, उनको शव नेपाल पठाउने सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायको समन्वयमा अगाडि बढाइएको जनाइएको छ।

हिमाल टाईम्स परिवार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ।