नेपाली व्यवसायी बाल्ध्वज लिम्बू मलेसियामा ‘शीर्ष व्यापार उद्यमी भारतीय समुदाय’ द्वारा सम्मानित

everest kitchen

मलेसिया ।
लामो समयदेखि मलेसियामा व्यवसाय तथा सेवा क्षेत्रमा सक्रिय रहँदै आएका नेपाली व्यवसायी बाल्ध्वज लिम्बू ‘Top Business Entrepreneurs Indian Community’ मलेसिया द्वारा सम्मानित भएका छन्।

ब्यवसायिक इमानदारिता, लगनशीलता र सफल नेतृत्व क्षमताका आधारमा लिम्बूलाई यो सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। नेपाली समुदायका लागि प्रेरणादायी रूपमा अगाडि बढिरहेका लिम्बूले आफ्नो व्यवसायिक यात्रामा उल्लेखनीय सफलता हासिल गर्दै मलेसियास्थित अन्तर्राष्ट्रिय समुदायको ध्यान समेत आकर्षित गरेका छन्।

समाज, व्यवसाय र पहिचानको समर्पण

बाल्ध्वज लिम्बू मलेसियामा विभिन्न सेवा र व्यापार क्षेत्रहरूमा सक्रिय रहँदै आएका छन्। व्यवसायिक सफलता मात्र नभई उनले नेपाली समुदायबीच एकता, सहयोग र पहिचान संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

यो सम्मानसँगै उनले भने, “यस उपलब्धि नेपाली समुदायको हो। विदेशमा रहेर पनि हामीले जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्छौं भन्ने उदाहरण स्थापित गर्न पाएकोमा गर्व लाग्छ।”

हिमाल टाईम्स परिवार सफल व्यवसायी बाल्ध्वज लिम्बूलाई ‘Top Business Entrepreneurs Indian Community’ बाट प्राप्त सम्मानप्रति हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछ।