राजनीतिबाट व्यवसायसम्म: मलेसियामा विजय मण्डल ‘बिर्जू’लाई शीर्ष व्यापार उद्यमी पुरस्कार

everest kitchen

मलेसिया ।
भंगहा नगरपालिका, महोत्तरीका पूर्व नगर प्रमुख प्रत्यासी तथा नेपाली कांग्रेसका नेता विजय मण्डल ‘बिर्जू’ मलेसियामा प्रतिष्ठित TOP BUSINESS ENTREPRENEUR AWARD 2025 बाट सम्मानित भएका छन्। मण्डललाई यो सम्मान Youth United Council of India द्वारा प्रदान गरिएको हो।

उक्त अवार्ड मलेसियाका प्रधानमन्त्री दातो श्री अनवर इब्राहिमका Private Secretary Officer (PSO) को हातबाट प्रदान गरिएको थियो। व्यवसाय, समर्पण र सामाजिक उत्तरदायित्वका आधारमा प्रदान गरिने यो अवार्ड प्राप्त गर्दै मण्डलले विदेशमा समेत नेपाली समुदायको शिर उच्च पार्न सफल भएका छन्।

राजनीतिबाट प्रेरित व्यवसायिक यात्रा

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भंगहा नगर प्रमुख पदका उम्मेदवार बनेका मण्डललाई जनताले उल्लेखनीय समर्थन जनाएका थिए। तर, सीमित नेताहरूको पहुँच, राजनीतिक चलखेल र मतगणनामा देखिएको कथित अनियमितताका कारण उनी सानो मतान्तरले पराजित भए।

राजनीतिक निराशालाई आत्मबलमा बदल्दै, मण्डल पुनः आफ्नो व्यवसायिक यात्रातर्फ फर्किए। विगत एक दशकदेखि मलेसियामा निजी व्यवसायमा सक्रिय मण्डल आफ्नो लगनशीलता, इमानदारी र दूरदृष्टिको कारण सफल व्यवसायीका रूपमा स्थापित भएका छन्।

सम्पूर्ण नेपाली युवाका लागि प्रेरणा

उहाँको यो सम्मानले विदेशमा श्रमरत वा व्यवसायमा लागेका नेपाली युवाहरूका लागि सकारात्मक प्रेरणा पुर्‍याएको छ। राजनीतिक नेतृत्वमा मात्र नभई आर्थिक र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालीहरूले अग्रसरता लिन सक्नेछन् भन्ने सन्देश यो सफलताले दिएको छ।

भंगहा नगरवासीहरूका अनुसार आगामी स्थानीय निर्वाचनमा मण्डलले पुनः उम्मेदवारी दिने अपेक्षा गरिएको छ। उनी निर्वाचित भई भंगहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गर्ने नगरपालिकाको रूपमा विकास गरुन् भन्ने जनचाहना तीव्र रूपमा बढ्दै गएको छ।