एनआरएनए अष्ट्रेलिया न्यू साउथ वेल्सको युवा संयोजकमा रमेश सिंह ठकुरी विजयी

everest kitchen

युवा नेतृत्वमा ऊर्जा र प्रतिबद्धता थप्ने अपेक्षा

सिड्नी ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य युवा संयोजक पदमा रमेश सिंह ठकुरी विजयी भएका छन्। हालै सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मतसहित पद हासिल गर्दै आगामी दुई वर्षका लागि एनएसडब्लु राज्य युवा संयोजकको जिम्मेवारी सम्हाल्ने भएका हुन्।

रमेश सिंह ठकुरी लामो समयदेखि नेपाली युवा समुदायभित्र सक्रियताका साथ काम गर्दै आएका छन्। अध्ययन, पेशा र सामाजिक नेतृत्वमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका ठकुरी युवामाझ लोकप्रिय नामका रूपमा चिनिन्छन्।

युवालाई प्रतिनिधित्व गर्ने प्रतिबद्धता

विजयपश्चात ठकुरीले भने,“यो जित मेरो व्यक्तिगत हैन, सम्पूर्ण प्रवासी नेपाली युवाको जित हो। म एनआरएनएमार्फत युवालाई नेतृत्व, रोजगारी, सीप विकास र समावेशी सहभागितातर्फ अग्रसर गराउने छु।”

उनले एनआरएनएलाई युवामैत्री, गतिशील र अवसरमुखी बनाउने अभियानमा जुट्ने स्पष्ट संकेत दिएका छन्।

समुदायबाट स्वागत र अपेक्षा

ठकुरीको जितलाई नयाँ पुस्ताको प्रतिनिधित्व र प्रवासी युवाहरूको आवाज संस्थागत रूपमा अगाडि बढाउने अवसरको रूपमा लिइएको छ। समुदायले उनलाई ऊर्जाशील, समर्पित र दूरदृष्टियुक्त युवा नेतृत्वका रूपमा मूल्यांकन गरेको छ।