युवा नेतृत्वमा नयाँ ऊर्जा, कार्ययोजना सार्वजनिक गर्दै अघि बढ्ने प्रतिबद्धता
पर्थ –
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया (WA) राज्य समिति अन्तर्गत युवा संयोजक पदमा सन्तोष थापा विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय मत प्राप्त गर्दै पद हासिल गरेका हुन्।
सन्तोष थापा पछिल्लो केही वर्षयता नेपाली युवाहरूको क्षमता विकास, सामाजिक संलग्नता र नेतृत्व निर्माणका लागि निरन्तर सक्रिय रहँदै आएका छन्। उनी प्रवासी नेपाली युवामाझ ऊर्जाशील र समर्पित व्यक्तित्वको रूपमा चिनिन्छन्।
विजयी घोषणापछि प्रतिक्रिया दिँदै थापाले भने:“यो जित सम्पूर्ण नेपाली युवाको हो। म अवसर गुमाइरहेका, बाटो खोजिरहेका र केही गर्न चाहने युवाहरूलाई साथ दिनेछु। हाम्रो नेतृत्व व्यवहारिक सीप, रोजगारी र नेटवर्किङमा केन्द्रित हुनेछ।”
उनले सिप विकास तालिम, सामुदायिक नेतृत्व प्रशिक्षण, तथा सांस्कृतिक तथा खेलकुद कार्यक्रममार्फत युवाको सहभागिता वृद्धि गर्ने प्राथमिक योजना अघि सारेका छन्।
सन्तोष थापाको जितलाई प्रवासी नेपाली समुदाय, विशेष गरी युवाहरूको पक्षमा जिम्मेवार नेतृत्व स्थापना गर्ने अवसरका रूपमा हेरिएको छ। उनले आफ्नो कार्यकाललाई समावेशी, पारदर्शी र परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।