काठमाडौं, श्रावण ११ गते — गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ अधिवेशनका लागि हालसम्म २५ वटा एनसीसी (NCC) को निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने आज आठ देशमा निर्वाचन जारी छ।
आगामी जुलाई ३१ गतेसम्म बाँकी रहेका एनसीसीहरूले पनि निर्वाचन सम्पन्न गर्ने अपेक्षा गरिएको छ। निर्वाचनमा विजयी सबै प्रतिनिधिहरूलाई राष्ट्रिय समितिले हार्दिक बधाई दिएको छ।
१२औँ अधिवेशनका लागि प्रतिनिधि आवेदन अगस्ट १० देखि २० गतेसम्म Smart NRNA App मार्फत खुला गरिने छ। प्राप्त आवेदनहरूको प्राथमिकता र विधानअनुसार अगस्ट महिनाको अन्त्यसम्म प्रतिनिधि नामावली तयार गरिने छ।
हालसम्म निर्वाचित भएका एनसीसी प्रतिनिधिहरू:
१. स्विजरल्याण्ड – विष्णुप्रसाद थापा
२. न्यूजील्याण्ड – डा. अच्युत अर्याल
३. फ्रान्स – मिन कुमार श्रेष्ठ
४. हङ्गेरी – नारायणप्रसाद भण्डारी
५. दक्षिण सुडान – रामप्रसाद पाध्या
६. युगान्डा – रमा अर्याल
७. चेक गणराज्य – छविलाल कँडेल
८. आयरल्याण्ड – चेतराज ओली
९. स्विडेन – राजेन्द्र तामाङ
१०. साउदी अरब – उमेश भट्टराई
११. पोर्चुगल – बमबहादुर जि.सी.
१२. नेदरल्याण्ड्स – सबु पौडेल
१३. अमेरिका – विकास उप्रेती
१४. मकाउ – युवराज नेउपाने
१५. हङकङ – अनु राई
१६. अष्ट्रिया – विनोद चौलागाईं
१७. अष्ट्रेलिया – सन्तोष कुँवर
१८. स्पेन – सन्तोष श्रेष्ठ
१९. बेलायत (UK) – राजेन्द्र पुदासैनी
२०. पोल्यान्ड – रिता नेउपाने
२१. दक्षिण कोरिया – पार्वती तामाङ
२२. कम्बोडिया – शिवराज पराजुली
२३. चिन – मुकुन्द ढकाल
२४. साइप्रस – दाता नन्द पाण्डे
२५. बहराइन – राजु श्रेष्ठ
आज र भोलि निर्वाचन हुँदै गरेका देशहरू:
२६. जापान – सुभाष लमिछाने
२७. इजरायल
२८. क्यानडा
२९. मलेसिया
३०. बेल्जियम
३१. कङ्गो
३२. टर्की
३३. रसिया
एनआरएनएले देश–विदेशमा रहेका नेपालीहरूको आवाजलाई समेट्दै, समृद्ध र सशक्त गैरआवासीय समुदाय निर्माणमा निरन्तर योगदान गर्दै आएको छ। आगामी अधिवेशनले यस यात्रामा थप गतिशीलता ल्याउने विश्वास गरिएको छ।