झापाली समाज युएईको पाँचौँ अधिवेशन सम्पन्न, लोकेश कोइराला सर्वसम्मत अध्यक्ष निर्वाचित

everest kitchen

दुबई, युएई – झापाली समाज युएईको पाँचौँ अधिवेशन मिति १७ अगस्ट २०२५ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमार्फत गरिमामय सामाजिक व्यक्तित्व श्री लोकेश कोइराला सर्वसम्मतरूपमा समाजको नयाँ अध्यक्षमा निर्वाचित हुनुभएको छ।

नयाँ कार्यसमिति चयनसँगै समाजमा नयाँ ऊर्जा र योजनाका साथ अग्रसर हुने अपेक्षा गरिएको छ। नवनिर्वाचित अध्यक्ष श्री कोइराला तथा सम्पूर्ण नवगठित कार्यसमितिलाई नवलपुर सेवा समाज युएई परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

साथै, विगत कार्यकाललाई सफलतापूर्वक नेतृत्व गर्दै संस्थालाई सशक्त बनाउने कार्यमा योगदान पुर्‍याउनु भएका निवर्तमान अध्यक्ष श्री अमर राई तथा सम्पूर्ण निवर्तमान कार्यसमितिप्रति नवलपुर सेवा समाज युएईले गहिरो कृतज्ञता र हार्दिक धन्यवाद प्रकट गरेको छ।

समाजको सुदृढीकरण तथा नेपाली समुदायबीच एकता, सहयोग र सहकार्य अभिवृद्धि गर्ने कार्यमा नव-निर्वाचित नेतृत्व सफल रहोस् भन्ने शुभेच्छा सबै तर्फबाट व्यक्त गरिएको छ।