भारत र चीन बिच भएको लिपुलेक सम्झौता प्रति रास्वपाको आपत्ति

everest kitchen

काठमाडौं, ५ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भारत र चीनबीच हालै नेपाली भुमी लिपुलेक हुँदै व्यापार गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा पार्टी धारणा सार्बजनिक गर्दै रास्वपाले नेपाली भूमिको रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग मागसमेत गरेको छ।

 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भारत र चीन बिच भएको भनिएको सहमति रोक्न  सरकारले पहल गर्नु पर्ने जोड गरेका छन् ।

‘लिपुलेक र कालापानीलगायतका भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने सहमति भएको कुरा आएको छ,’ उनले भने, ‘नेपालको भूभागको संरक्षण गर्न सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ।’ उनले नेपालको सार्वभौमिकतासँग जोडिएको विषयमा सरकार गम्भीर बन्नुपर्नेसमेत बताए।