बागलुङका सस बहादुरको मलेसियामा निधन, बाग्लुङ सेवा समाज मलेसियाको पहलमा शव नेपाल फिर्ता

everest kitchen

मलेसिया – वैदेशिक रोजगारको सिलसिलामा करिब १२–१३ वर्ष अघि मलेसिया पुगेका बागलुङ जिल्ला जैमिनी नगरपालिका–३, देउराली खानी निवासी सस बहादुर पाण्डे थापाको यही २०८२ साल साउन २३ गते (२०२५ अगस्ट ७) दुःखद निधन भएको छ।

उहाँ विगत ७–८ वर्षदेखि मलेसियामा गैरकानुनी (इलीगल) रूपमा बस्दै काम गर्दै आउनुभएको थियो। निधन पश्चात पहिचान नखुलेको कारण सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो। त्यसपछि नेपालमा रहेका साथीसँग मिलेर उहाँको पहिचान पुष्टी गरियो। परिवारसँग सम्पर्क गरी आवश्यक कागजातहरू सङ्कलन गरियो।

बाग्लुङ सेवा समाज मलेसियाको पहलमा, नेपाली दूतावास मलेसियाको सहयोगमा शव नेपाल पठाइएको हो। आज शव नेपाल आइपुगेपछि परिवारले रिसिभ गरेका छन् र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

बाग्लुङ सेवा समाज मलेसियाले पहलमा साथ दिने सम्पूर्ण साथीहरूलाई धन्यवाद व्यक्त गरेको छ र यसै क्रममा सबै नेपालीहरूलाई गैरकानुनी रूपमा विदेशमा नबस्न र कानुनी बाटोबाट मात्र रोजगारमा जानु अनुरोध गरेको छ।