सन्दिपले लिए पाँच विकेट, १४ रनले नेपाल बिजयी

everest kitchen

काठमाडौं, १० भदौं । नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई पराजित गरेको छ ।

लेगस्पीनर सन्दीप लामिछानेले ह्‍याट्रिकसहित ५ विकेट लिए पछि नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट हुन बिबश भयो ।

नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन दिएर ५ विकेट लिएका हुन् । त्यस्तै करण केसीले २ तथा रुपेश सिंहले १ विकेट लिए पछि अष्ट्रेलिया दबाबमा परेको थियो ।

एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक के‌घले २५ रन बनाए भने काइ ब्रंकरले अन्त्यतिर केही आकर्षक शटहरू खेल्दै २६ रनमा बनाउन सफल भएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा गएको नेपाली टोलीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ बलमा ४ चौका र ५ छक्कासहित ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए ।

नेपालले यस खेल सकिए लगत्तै आजै दोस्रो टी–२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि टी–२० र एक वान डे खेल खेल्नेछ ।

नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।