दुतवासको समन्वय र प्रवासी नेपाली मञ्चको टिकट सहयोगमा चौधरी स्वदेश फिर्ता।

everest kitchen


क्वालालम्पुर : नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको समन्वय र प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाको टिकट सहयोगमा अमिर चौधरी नेपाल फर्किएका छन।

चितवन जिल्ला खैरहनी नगर पालीका वडा नं. १२ कपिया निवासी चौधरी बिगत ३ महिना अगाडि अध्यागमन विभागको अनुशन्धानको क्रममा पक्राउ परी घर फिर्ति केन्द्रमा रहेको र पारिवारिक स्थिती नाजुक भएको कारण सहयोगको अपिल आए पछि मञ्चले टिकट उपलब्ध गराउदै स्वदेश फर्किएको मञ्चका सचिव कृष्ण खड्काले जानकारी दिनु भयो।