क्वालालम्पुर । हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम–२०२५ भव्य रुपमा सम्पन्न गरेको छ। २०२५ सेप्टेम्बर १४ आइतबारका दिन क्वालालम्पुरस्थित एक होटेलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्र बहादुर लिम्बु रहनुभएको थियो भने संस्थापक अध्यक्ष दिपक कुमार मण्डलले सभापतित्व गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न संघ–संस्था, समाजसेवी व्यक्तित्व, पत्रकार, स्थानीय सामाजिक संघ–संस्थाका प्रमुखहरूसहित हेल्प मधेसीका जोहोर, केएल र सेरेमबान शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रवासी समुदायको योगदानको कदर गर्दै विभिन्न व्यक्तिहरूलाई सम्मान प्रदान गरिएको थियो। साथै, आगामी योजनाबारे प्रस्तुत गरिनुका साथै नेतृत्व चयन गरी जोहोर, केएल, सेरेमबान शाखा र केन्द्रीय कार्यसमितिको पदभार ग्रहण गरिएको थियो।
सेरेमबान शाखाका सदस्यहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले मधेसी परम्पराको झल्को दिएको थियो। अधिवेशनमार्फत हेल्प मधेसी मलेसियाको केन्द्रीय कार्यसमितिले प्रवासी मधेसीहरूको आवाजलाई अझ सशक्त रूपमा अघि बढाउने दृढता व्यक्त गरेको छ।
नव–निर्वाचित कार्यसमिति २०२५–२०२७
१. संस्थापक अध्यक्ष : दिपक मण्डल
२. संस्था संरक्षक : उदय महतो
३. द्वितीय संस्था संरक्षक : उदय नारायण मण्डल
४. अध्यक्ष : प्रमोद कुमार महतो
५. वरिष्ठ उपाध्यक्ष : सुरेन्द्र महतो
६. द्वितीय उपाध्यक्ष : संजिव यादव
७. महासचिव : सन्तोष महतो
८. सचिव : तुलाराम मण्डल
९. सह–सचिव : फुलगेन महतो
१०. कोषाध्यक्ष : जय प्रकाश साह
११. सह–कोषाध्यक्ष : राम नारायण मण्डल
१२. मिडिया रिपोर्टर : देव ना. महतो
१३. वरिष्ठ सल्लाहकार : बेचन मण्डल
१४. सल्लाहकार : बसन्त मण्डल
१५. सल्लाहकार : राजेन्द्र यादव
१६. सल्लाहकार : राम उदगार यादव
१७. सदस्य : राम बहादुर महतो
१८. सदस्य : आनन्देब मण्डल
१९. सदस्य : पशुपति ठाकुर
२०. जोहोर शाखा अध्यक्ष : आनन्द साह
21. सेरेमबान शाखा अध्यक्ष : सुर्यनारायण यादव
22. केएल शाखा अध्यक्ष : पबन कुमार महतो