काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा, जलस्रोत र सिंचाइ गरी तीन मन्त्रालयको जिम्मेवारी ग्रहण गर्नुभएको छ।
यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। महासंघका महासचिव सञ्जीव तामाङले जारी गरेको बधाई सन्देशमा घिसिङको नेतृत्वले मुलुकको ऊर्जा, पूर्वाधार तथा विकास क्षेत्रमा नयाँ दृष्टिकोण र उपलब्धि दिलाउने विश्वास व्यक्त गरिएको छ।
सन्देशमा भनिएको छ, “देश र जनताको अपेक्षाअनुसार उहाँले आगामी दिनमा पनि उत्कृष्ट नेतृत्व दिई देशलाई विकास, समृद्धि र स्थायित्वतर्फ अघि बढाउनुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ।”