गैरआवासीय नेपाली संघ पोर्चुगलद्वारा नेपाली राजदूतावास लिस्बन समक्ष ध्यानाकर्षण पत्र

everest kitchen

लिस्बन, लिस्बनस्थित नेपाली राजदूतावासलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले नेपाली समुदायका समस्या समाधान र आवश्यक सुधारका लागि १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

एनआरएनए पोर्चुगलका अध्यक्ष बम बहादुर जि.सी. र महासचिव गुरुपेमा तामाङको हस्ताक्षरमा पेश गरिएको उक्त ज्ञापनपत्रमा कागजी प्रक्रिया सरलीकरण, सेवा शुल्क न्यूनिकरण, भुक्तानी प्रणालीमा सुधार, कानुनी परामर्श, सांस्कृतिक संरक्षण, शव व्यवस्थापनमा दूतावासको सक्रियता, महिलामाथि हुने हिंसा नियन्त्रण लगायतका मागहरू समावेश गरिएका छन्।

ज्ञापनपत्रमा पोर्चुगलमा रहेका नेपाली समुदायले भोग्दै आएका समस्या समाधानका लागि दूतावाससँग सहकार्य र नियमित समन्वय आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, नेपाल–पोर्चुगल कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष (सन् २०२६)को अवसरमा नेपाल फेस्टिवल वा अन्य बृहत् कार्यक्रम आयोजना गर्न पहल गर्न पनि आग्रह गरिएको छ।

त्यसैगरी, आगामी आम निर्वाचनमा प्रवासमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउन नेपाल सरकारमार्फत पहल गर्नुपर्ने माग गरिएको छ।

जेएनजी (Gen Z) आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। मातृभूमिलाई परेको संकटमा पोर्चुगलस्थित नेपाली समुदाय हातेमालो गर्दै सहयोग गर्न तत्पर रहेको संघले प्रतिबद्धता व्यक्त गरेको छ।

May be an image of text

May be an image of text

May be an image of text