नेपाल मगर संघ, शाखा युएई अबुधावीको १२औं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

everest kitchen

अबुधावी, २१ सेप्टेम्बर २०२५ । नेपाल मगर संघ (नेमस) शाखा युएई, अबुधावी क्षेत्रीय समितिको १२औं अधिवेशन युएईको राजधानी अबुधावीस्थित नेपाली भान्सा घर रेस्टुरेन्टको हलमा सम्पन्न भएको छ।

कार्यक्रममा नेमस शाखा युएईका केन्द्रीय अध्यक्ष नयन घर्ती मगर प्रमुख आतिथ्यका रूपमा उपस्थित रहनुभएको थियो भने प्रमुख संरक्षक टंक थापा मगर बिशिष्ट आतिथ्यका रूपमा उपस्थित हुनुहुन्थ्यो। निर्वाचन संयोजक तथा उपसंरक्षक प्रमुख डोल राना मगर, सल्लाहकार प्रमुख शिला राना मगर, सल्लाहकारहरू मेघ थापा मगर, केशु थापा मगर, प्रदिप पुन मगरलगायतको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो। साथै दुबई, अल ऐन र शारजाह क्षेत्रीय समितिका अध्यक्षहरू पनि अधिवेशनमा सहभागी थिए।

अध्यक्ष कविता राना मगरको नेतृत्वमा १९ सदस्यीय २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ।

नयाँ कार्यसमिति (२०२५–२०२७):

१) अध्यक्ष – कविता राना मगर
२) उपाध्यक्ष – जनक मस्राङ्गी थापा मगर
३) सचिव – नर मस्राङ्गी थापा मगर
४) सह-सचिव – कमला ज्ञामी पुन मगर
५) कोषाध्यक्ष – प्रकाश राना मगर
६) सह-कोषाध्यक्ष – मिना आले मगर
७) सांस्कृतिक प्रमुख – कविता थापा मगर
८) सांस्कृतिक उप-प्रमुख – विमल राना मगर
९) सदस्य – नवराज घर्ती मगर
१०) सदस्य – नवीन बुढा मगर
११) सदस्य – विशाल राना मगर
१२) सदस्य – जय घर्ती मगर
१३) सदस्य – छत्र बहादुर लुङ्गेली मगर
१४) सदस्य – ठगेन्द्र सारु मगर
१५) सदस्य – खिम बहादुर थापा मगर
१६) सदस्य – अम्बर राना मगर
१७) सदस्य – गिरिजा लामिछाने मगर
१८) सदस्य – छविन राना मगर
१९) सदस्य – बालकृष्ण पिठाकोटे मगर

नवनिर्वाचित पदाधिकारी तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।