इराक, २०२५ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकले नेपालीहरूको महान् चाड बिजया दशमी २०८२ को अवसरमा विशेष सांगीतिक कार्यक्रम ‘दशैं धमाका २०८२’ आयोजना गर्ने भएको छ।
कार्यक्रममा इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा अभिनेता प्रशान्त तामाङ अतिथि कलाकारको रूपमा सहभागी हुने छन्। साथै स्थानीय कलाकारहरूको पनि आकर्षक प्रस्तुति रहनेछ।
कार्यक्रमको विवरण:
📅 मिति: ३ अक्टोबर २०२५, शुक्रबार
⏰ समय: बिहान ११:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म
📍 स्थान: मिलानो हल (फेमिली मल नजिक, कुर्दिस्तान, इराक)
कार्यक्रममा सहभागी हुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको सहजताका लागि नेपाली रेष्टुरेन्ट अगाडिबाट निशुल्क बस सेवाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
एनआरएनए इराकले सम्पूर्ण संघसंस्था, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार, खेलाडी, पत्रकार तथा कुर्दिस्तानमा कार्यरत सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई सफल पारिदिन हार्दिक अनुरोध गरेको छ।