मलेसियामा नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै

everest kitchen

 

क्वालालम्पुर – मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच आगामी नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्व–२०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम आगामी सेप्टेम्बर २७, २०२५ (शनिबार) का दिन 5 Element Hotel, Kuala Lumpur मा आयोजना हुने भएको हो। कार्यक्रमको  साँझ ५ बजे बाट सुरु हुने आयोजकले जनाएका छन्।

कार्यक्रममा कलाकार स्थानीय सवीता तामाङ, चार्ली घिसिङ, बिना तामाङ , काशी गुरुङ लगायतले सांगीतिक प्रस्तुति पनि रहने गैर आवासीय नेपाली संघ मलेसियाका बरिष्ठ उपाध्यक्ष दिल केरुङ लिम्बु ले जानकारी गराए।

कार्यक्रमको आयोजना गैर आवासीय नेपाली संघ, मलेसियानेपाली व्यवसायी समाज, क्वालालम्पुर, मलेसिया ले गरेका हुन्।

आयोजक संस्थाले मलेसियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उक्त कार्यक्रममा सहभागी भई चाडपर्वको उल्लासलाई थप उत्साहमय बनाउन आग्रह गरेका छन्।