गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी चीनद्धारा काठमाडौं उपत्यका प्रहरी परिसरलाई सहयोग

everest kitchen

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले नेपाल प्रहरीको उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरका सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको छ ।

‘जेनजी आन्दोलन’का क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माणका लागि गरिएको सो सहयोग अन्तर्गत १० वटा सोफा सेट, ४० वटा अफिस कार्य टेबल, ४० वटा भिजिटर कुर्सी, २० वटा चिया टेबल र १५ वटा स्टील दराज (क्याबिनेट) उपलब्ध गराइएको हो ।

शुक्रबार आयोजित कार्यक्रममा एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकाल, निवर्तमान अध्यक्ष तथा हाल आईसीसी सदस्य निर्मल शर्मा चौलागाई, उपाध्यक्ष प्रदीप नेपाल, सुरज व्याञ्जू, महासचिव सुरज न्यौपाने, सचिव कमल सापकोटा, सदस्य रोजेन माकजु, पञ्जीकृत सदस्य प्रियस खरेल र अंकित खतिवडा लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी, आईसीसी तथा सचिवालय तर्फबाट अध्यक्ष डा. बद्री केसी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र सहायक निर्देशक रबिना महर्जन सहभागी थिए ।

कार्यक्रममा एनसीसी चीनका पदाधिकारीहरुले नेपाल प्रहरीलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सकेसम्म योगदान गर्ने प्रतिबद्धता जनाए ।

एनआरएनए अध्यक्ष डा. बद्री केसीले विश्वभर रहेका गैरआवासीय नेपालीले मातृभूमिको संकट र विपद्को समयमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै पुनर्निर्माणका प्रयासमा सधैं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपत्यका प्रहरी परिसरका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी शान्ति–सुरक्षामा निरन्तर खटिने संस्था भएको उल्लेख गर्दै एनआरएनए, विशेषगरी एनसीसी चीनबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

May be an image of 12 people and text

May be an image of 9 people and text

May be an image of 7 people