टोकियो, जापान । नेपाल मगर संघ जापान केन्द्रीय समितिको २२ औं महाधिवेशन आगामी ११ अक्टोबर २०२५, शनिबार दिउँसो १:०० बजे हुने जानकारी फेरि एकपटक सहर्ष गराइएको छ। संघले यो महत्वपूर्ण अधिवेशनलाई व्यवस्थित र समावेशी बनाउन आवश्यक तयारीहरू अघि बढाएको छ।
अधिवेशनलाई थप सहज र व्यापक बनाउनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया अक्टोबर १ देखि नै अनलाइन मार्फत सार्वजनिक गरिने जानकारी संघले दिएको छ। इच्छुक उम्मेदवारहरूले पूर्वतयारीस्वरूप आवश्यक कागजातहरू समयमै बुझाउन अनुरोध गरिएको छ।
उम्मेदवारी प्रक्रिया यस प्रकार रहेको छ:
१. दरखास्त फारम डाउनलोड गरी प्रिन्ट गर्ने।
२. व्यक्तिगत विवरण, प्रस्तावक र समर्थकको नाम र दस्तखत सहित फारम भर्ने।
३. आफूले उम्मेदवारी दिन चाहेको पदअनुसारको दस्तुर बैंक खातामा जम्मा गर्ने।
४. फारम, बैंक डिपोजिट स्लिप, र क्षेत्रीय समितिबाट आउने उम्मेदवारको सिफारिस पत्र सहितका कागजातहरू नेपाल मगर संघ जापानको फेसबुक म्यासेन्जर वा आधिकारिक इमेल ठेगानामा पठाउने।
यस महाधिवेशनमार्फत नयाँ कार्यसमिति निर्माण गरिने भएकाले जापानभरि बसोबास गर्ने मगर समुदायका सदस्यहरूलाई सक्रिय सहभागिता जनाउन संघले आग्रह गरेको छ।
निर्वाचन समिति:
-
संयोजक: राना कोटेली
-
सदस्य: गंगा घर्ती मगर
-
सदस्य: नार ब. जुग्जाली
नयाँ नेतृत्व चयनको यो अवसरलाई मगर समुदायबीच सद्भाव, सहभागिता र संगठन सुदृढीकरणको अवसरका रूपमा लिन आयोजकले आग्रह गरेका छन्।