काठमाडौं । गैरआवासीय नेपाली अभियान शनिबारबाट २२ वर्ष पूरा गरि २३ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा गैरआवासीय नेपाली संघ(एनआरएनए)ले अलग अलग कार्यक्रमको आयोजना गर्दैछन् ।
हाल संस्थागत रुपमै दुई समूहमा विभाजित एनआरएनएले अलग अलग कार्यक्रममको आयोजना गरेको छ । एनआरएनए डेका अवसरमा डा.बद्री केसी र महेश श्रेष्ठ समूहले फरक फरक कार्यक्रममको आयोजना गरेका छन् ।
केसी समूहले शनिबार विहानै एक विज्ञप्ति जारी गर्दै स्थापनाको २२ वर्षको अवधिमा ९० देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न संघ सफल भएको जनाएको छ । स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारी रहेको पनि संघले जनाएको छ ।
सबैभन्दा ठूलो उपलब्धी अर्थात विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी बाटो खोलेको र पूर्ण कार्यान्वयनका लागि प्रयासरत रहेको उल्लेख गर्दै केसी समूहले नेपालीको मताधिकारको अधिकार सुनिश्चित गर्न सरकार सकारात्मक रहेको उल्लेख गरेको छ ।
गैरआवासीयनेपालीअभियानआजबाट२२वर्षपूरागरि२३औँवर्षमाप्रवेश
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान आजबाट २२ वर्ष पूरा गरेको छ । विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ ९एनआरएनए० स्थापना भएको थियो । हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै आएको छ । स्थापनाको २२ वर्षको अवधिमा ९० देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न संघ सफल भएको छ ।
गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २२ औँ वर्षगाँठ मनाइरहँदा स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारी छ । यसबीचमा सबैभन्दा ठूलो उपलब्धी अर्थात विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी बाटो खोलेको छ र पूर्ण कार्यान्वयनका लागि संघ प्रयासरत छ । नेपालीको मताधिकारको अधिकार सुनिश्चित गर्न सरकार सकारात्मक रहेको छ । एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनको अन्तिम चरणमा रहेको छ । जसको लागि सरकारले ९ वटा ऐन संशोधनमार्फत सहजीकरण गर्यो । गैरआवासीय नेपाली र नेपाल सरकारको संयुक्त लगानीमा स्थापना हुने इन्भेष्टमेन्ट कम्पनीमार्फत् गरिएको लगानीमा न्यूनतम विदेशी लगानी सीमा लागू नहुने, कम्पनीले लगानीकर्ताको तर्फबाट स्वीकृति प्रक्रिया अगाडि बढाउन सक्ने, गैरआवासीय नेपाली नागरिकताका आधारमा कम्पनी दर्ता गर्न पाउने व्यवस्था प्रक्रियामा रहेको, धितोपत्र नियमावली संशोधन भई विदेशी मुद्रामा धितोपत्र निष्काशन र कारोबार सम्भव भएको, र नयाँ निर्देशिका स्वीकृत भई गैरआवासीय नेपालीको लगानीलाई औपचारिक रूपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपालका जलविद्युत, बैकिङ, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा गैरआवासीय नेपालीको उल्लेख्य लगानी भित्रिरहेको छ । विदेशमा रहेका नेपालीलाई एउटै छातामा समेट्ने उद्देश्यले स्थापनाको यस अवधिमा विदेशमा रहेका ठूला लगानीकर्ता मात्रै होइन साना तथा मझौला लगानीकर्ताहरु पनि देशमा लगानी भित्र्याउन लागि परेका छन् ।
२२ वर्षको अवधिलाई नियाल्दा गैरआवासीय नेपालीहरुले विकास र पूर्वाधार निर्माणका क्षेत्रमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेका छौँ । आर्थिक लगानी मात्रै होइन यस सँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी छ । पछिल्लो २२ वर्षको अवधिमा गैरआवासीय नेपाली संघमार्फत उल्लेख्य परोपकारी कार्य भएका छन् । दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने प्रयास जारी छ । विदेशमा लामो समय बसेर त्यहाँको आर्थिक–सामाजिक परिवेश राम्रोसँग बुझेका गैरआवासीय नेपालीले त्यहाँको समाज र सरकारसँग नेपाललाई जोडेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन नेपाली डायस्पोराले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
संघ श्रमिकमैत्री बनेको छ । आप्रवासन र वैदेशिक रोजगारीलाई मर्यादित बनाउन नेपाल सरकार, रिटर्नी फेडरेशन नेपाल, अन्तर्राष्ट्रिय संघसंस्थासँग पनि समन्वय र सहकार्य भएको छ ।
गैरआवासीय नेपाली संघलाई आजको दिनसम्म ल्याउन प्रत्येक गैरआवासीय नेपाली, नेपाल सरकार, सरोकारवाला संघसंस्था, सहयोगी निकायहरु राष्टिय तथा अन्तराष्ट्रिय संघसंस्था, सञ्चार क्षेत्र सबैको भूमिका महत्वपूर्ण छ । हामी सबै मिलेर नै आजको सफलता हासिल गर्न सम्भव भएको हो । गैरआवासीय नेपाली संघ हरेक हातको साथप्रति कृतज्ञ छ । तपाईहरुको साथ, सहयोग र विश्वासका लागि तपाई सम्पूर्णलाई अथाह धन्यवाद । गैरआवासीय नेपाली संघ परिवार